Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • एमाले नेता-कार्यकर्ताद्वारा धनुषाका एक मतदातामाथि हातपात


    बुधबार, कार्तिक ३० २०७९
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । धनुषामा एकजना मतदाताले चुनाव जितेपछि नेताहरु पाँच वर्षसम्म फर्केर आउँदैन, किन भोट दिने भनेर गुनासो गर्दा मतदातामाथि नै नेताकार्यकर्ताले हातपात गरेका छन्। 

    चुनाव नजिकिएसंगै घरदैलोको क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने विशेश्वर महतोले आफूमाथि एमाले नेताकार्यकर्ताले घरमै आएर हातपात गरेको आरोप लगाएका हुन् ।

    उनीहरुले आफूलाई गाली गर्यो भनेर फोन गरी तुरन्तै कार्यकर्ता बोलाएर ममाथि हातपात गरे । धम्काए । यो कहाँको न्याय हो । गुनासो पनि गर्न नपाउने ?’ महतोले भने ।

    एमालेका स्थानीय नेताकार्यकर्ता महेन्द्र यादव, पूर्व वडाध्यक्ष रामकिसुन यादव, ललित साह सहितका कार्यकर्ता घरमै आएर हिजो मंगलबार साँझ हातपात तथा अभद्र व्यबहार गरेको उनको आरोप छ ।

    मंगलबार अपराहन्न साढे ५ बजेतिर एमालेकी समानुपातिक उम्मेदवार समुदा खातुनसहितका महिलानेतृ तथा कार्यकर्ता सूर्य छापमा मतदान गर्न आग्रह गर्दै उनको घरमा पुगेका थिए ।

    महतोका अनुसार आफ्नी श्रीमती कविताले जितेपछि नेताहरु पाँच वर्ष फर्केर आउँदैन, किन भोट दिने भन्दै आक्रोश पोखेकी थिइन् । सोही कुरालाई लिएर उनीहरुबीच भानाभान भएको थियो । महतोले श्रीमतीको पक्षमा बोलेपछि तत्कालै फोन गरेर एमाले कार्यक बोलाएर हातपात तथा अभद्र व्यबहार गरेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार