Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल टेलिकमले ३ महिनामा कमायो १० अर्बभन्दा  बढी 


    बुधबार, कार्तिक ३० २०७९
    670
    Shares
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज) सम्ममा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको छ । 

    टेलिकमले पहिलो चौमासिकमा गत वर्षभन्दा ८ करोड ७७ लाख ४३ हजार बढी आम्दानी गरेको हो ।  गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले आम्दानी ०.८ प्रतिशतले बढाएको हो ।

    गत आवको प्रथम त्रैमासिकमा (२०७८ असोज मसान्त) सम्ममा कम्पनीको कूल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार थियो । यस्तो आय चालू आवको सोही अवधि (२०७९ असोज मसान्त) सम्ममा ६९ करोड ७७ लाख ९ हजारले कम भएको टेलिकमले जानकारी दिएको छ । 

    गत आवको प्रथम त्रैमासिक अवधिसम्म टेलिकमले खुद मुनाफा २ अर्ब २५ करोड  ९९ लाख ४ हजार रुपैयाँ गरेको थियो । यस्तो नाफा चालू आवको सोही अवधिसम्ममा आइपुग्दा ३ करोड ४३ लाख ८० हजार रुपैयाँले घटेको तथ्यांकले देखाएको छ ।

    चालू आवको पहिलो त्रैमासिकमा टेलिकमको नाफा परिवर्तन हुनुको प्रमुख कारण सञ्चालन आयमा वृद्धि हुनु रहेको छ । टेलिकमले डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करीब ११ करोड ४० लाख वृद्धि भएको देखिएको  छ तर यो अवधिमा भएको कार्यसञ्चालन आयमा कमीले गर्दा यसको आय १० करोडले घटेको छ । अन्तर आवद्धता सम्बन्धी निर्देशिकाअनुसार आन्तरिक र अन्तर आवद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आवद्धता आयमा कमी आएको टेलिकमले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार