Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वाेच्चमा


    बुधबार, कार्तिक ३० २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ । 

    भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वाेच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

    आयोगले एक साताअघि पनि विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वाेच्चमै पुनरावेदन गरेको जनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार