काठमाडौँ। एकदिवसीय श्रृङ्खलाको दोस्रो खेलमा बुधबार यूएईले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन हात पारेको हो। यूएईलाई कम योगफलमै रोक्न नेपालका सोमपाल र ललितले समान तीन विकेट लिए ।
यूएईका लागि मुहम्मद वासीमले ५०, अलिशान सारफूले ३५, वृत्य अरविन्दले २५ र विष्णु सुकुमारनले २४ रन बनाए। अन्य खेलाडी सस्तैमा आउट भए।
यूएई तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल आएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पाहुना टोलीसँग ८४ रनले पराजित भएको थियो ।
नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले तीन–तीन तथा करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेले एक–एक विकेट लिए।