काठमाडौं । भक्तपुरमा आगलागी हुँदा जलेर एक जना युवतीको मृत्यु भएको छ। एक जनाको भने उद्धार गरिएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज (बुधबार) बिहान ४९ वर्षका आत्माराम केसी र ४१ वर्षका हरिशरणको तीन तले कच्ची घरमा आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको ज्यान गएको हो ।
आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै, आगलागीबाट घाइते भएकी हरिशरण केसीकी १४ वर्षकी छोरी नित्माको भने कोरियन अस्पतालमा उपचार भइ डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।