काठमाडाैं। साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । हिजो मंगलबार छापावाल सुन तोलामा १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको यस दिन भने प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेको हो।
यस दिन चाँदीको भाउ भने प्रतितोला ३० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।