काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियष्न्त्रण गर्नुपर्ने बताएका छन् ।
घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानामा उत्रिएका उनले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर आर्थिक विकासमा पहल गर्ने बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारप्रसार तीव्र पारेका उनले आफ्नो पार्टीको पहिलो लक्ष्य नै भ्रष्टाचार नियन्त्रण रहेको बताए ।
विकास निर्माण कार्यहरुमा ढिलासुस्तिका कारण राष्ट्रका बजेट खेर गइरहेको भन्दै थापाले यसको नियन्त्रण आवश्यक रहेको बताए । आगामी ४ मंसिरमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ ले सरप्राइज नतिजा दिने बताएका उनले करिब २१ हजार मत ल्याएर आफू निर्वाचित हुने दाबी गरे ।
काठमाडौं–३ मा ५८ हजार ८८९ मतदाता रहेकामध्ये ४४ हजार मतदाता मतदान प्रक्रियामा सहभागी हुने र आफूले २१ हजार मत ल्याएर निर्वाचित हुने उनको दाबी छ । जनताको समस्या समाधानका लागि संसदमा सशक्त भूमिका निर्वाह गर्ने बताएका उनले एकपटक आफ्नो पार्टीलाई मत दिन आग्रह गरे ।
नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहेका थापाले स्वदेशमै रोजगारीको सृजना गरेर युवा विदेश पहलायनलाई रोक्न पनि आफूले भूमिका खेल्ने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend