झापा । आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको । तर, सिटौलालाई सहयोग गर्न दल नेकपा माओवादी केन्द्रका करिब १३४ ले सोमबार पार्टी परित्याग गरेका र दैनिकजसो राप्रपा प्रवेशको लहरले उनलाई जितका लागि सहजता दिएको आभास भइरहेको छ ।
‘सोमबार करिब १३४ जना माओवादीका नेताले पार्टी परित्याग गरेका छन् । यसले गठबन्धन उम्मेदवारको मत काट्ने निश्चित छ,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भन्छन्, ‘दैनिकजसो राप्रपा प्रवेशले पनि हाम्रो उम्मेदवार अध्यक्षज्यू निर्वाचन हुनेमा शंका छैन ।’
पार्टी परित्याग र प्रवेशले मात्र होइन लिङ्देनले यसअघि गरेको काम र जनताको समस्या सम्बोधनले पनि उनलाई मत दिन जनतालाई गाह्रो नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने’ बताउँदै आएका लिङ्देनले भ्रष्टाचारविरुद्ध सुशासन कायममा जोड दिँदै आएका छन् । साथै लामो समयदेखि झापामा देखिएको डुबान र हात्ती आतंक नियन्त्रणमा लिङ्देनले उल्लेख्य काम गरेको बताएका प्रवक्ता श्रेष्ठले झापाली जनताको समस्या सम्बोधनलाई सधैं प्राथमिकतामा राख्ने गरेकाले अहिले जनताले साथ दिइरहेको बताए ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend