Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंगलबार सेयर बजार ६.५९ अंकले घट्याे


    मंगलबार, कार्तिक २९ २०७९
    580
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। अघिल्लो दिन बढेको नेप्से आज मंगलबार भने ६.५९ अंकले घटेकाे छ । सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हाे । आज परिसूचक नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा खुम्चिएको छ । 

    यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३३ अंकले घटेर तीन सय ७३ दशमलव ७१ अंकमा खुम्चिएको छ । 

    नेप्सेमा आज १८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको कारोबार भएको हो ।

    हिमालयन डिस्टिलरीमा ८ करोड २२ लाख ३४ हजार बढी र नेपाल लाइफ इन्स्याेरेन्स आदि भने आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा परेका छन् । 

    यसैगरी सिटिजन म्युचुअल फण्ड ४.५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २.९३ प्रतिशतले वृद्धि भएको छ ।  उपसुचक कम्पनीहरू बैंकिङ ०.०८ प्रतिशत, निर्जीवन बिमा ०.०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ०.३० प्रतिशतले वृद्धि भएको र अन्य उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार