काठमाडौँ। ललितपुरको गोदावरीमा १० र ११ वर्षका दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्।
ती दुई बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्वकर्मा र १९ वर्षीय मदन विश्वकर्मालाई हिजो सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनीहरू दुवै जनाले बालिकालाई शुक्रबार आफ्नै कोठामा लगी करणी गरेको उजुरी आएपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।