Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन-चाँदीका गरगहनासहित ३ पुरुष पक्राउ


    मंगलबार, कार्तिक २९ २०७९
    565
    Shares
  • २ मिनेट पाठ
  • मोरङ। प्रहरीले जिल्लाको रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट सुन-चाँदीका गहनासहित ३ जना भारतीयलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन् । 

    उनीहरुको साथबाट १ तोला ४ आना ४ लाल सुनको एकथान नेक्लेस र एक जोर बाला, औंठी सहितको पन्जा एक जोर, एक जोर पाउजु र एक थान सिक्री गरी करिब ३१ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । 

    भारतबाट नेपालतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको ३ जना सवार मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिले प्लाष्टिकको झोला सोही स्थानमा फाली फरार भएका थिए । 

    झोला तलासी गर्दा उक्त परिमाणको सुन तथा चाँदीको गरगहना फेला पारेको थियो । त्यसपछि मोटरसाइकलसहित फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा रंगेली नगरपालिका–४ चोप्राह बोडर छेउबाट बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकलसहित घटनामा संलग्न उनीहरूलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार