Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले दियो निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा


    मंगलबार, कार्तिक २९ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमालाई लक्षित गरेर ३ दिन सार्वजनिक बिदा घोषणा गरेको छ । आज कार्तिक २९ गते मंगलबार बिहान गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मङ्सिर २, ४ र ५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । तर यसपटक आइतबार मतदान हुँदैछ ।

    गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।

    केही दिनअघि नै आयोगले यससम्बन्धी तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले उक्त निर्णय गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार