Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ


    सोमबार, कार्तिक २८ २०७९
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी पताही थाना देवापुर-९ लसनिया घर भई काठमाडौं महानगरपालिका-१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेख रहेका छन् ।

    बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारी सोधपुछ गर्ने क्रममा शेखले बालिकालाई ललाई फकाई गरी भारत घरमा लैजान्छु भन्दै प्रलोभनमा पारी उक्त उक्त गेष्ट हाउसमा जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ । उनलाई सोही गेष्ट हाउसबाट प्रहरीले पक्राउसमेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार