Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ जना मृत अवस्थामा फेला


    सोमबार, कार्तिक २८ २०७९
    430
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। देशको विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

    ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका–६ स्थित थारे भीरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    खिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । 

    रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सडक छेउको नालीमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    झापाको कन्काई नगरपालिका–२ धनुषकोटी पिक्निक स्पोर्टको गेट अगाडि फलाईचामा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार