Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गोरखामा एमाले युवा संघ कार्यकर्ताद्वारा एमालेकै नेतामाथि कुटपिट 


    सोमबार, कार्तिक २८ २०७९
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । गोरखामा एक जना एमालेका नेतामाथि एमालेकै युवा संघ कार्यकर्ताले आक्रमण  गरेका छन् । आगामी चुनाव नजिकिएसंगै नेतामाथि कुटपिटको कार्य बढिरहेको छ। 

    जिल्लाको पालुङटार नगरपालिका-७ स्थित एक रिसोर्टमा हिजो आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि कुटपिट भएको हो ।

    उक्त आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता भएको बताइएको छ। 

    खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

    काफ्लेको टाउकोमा चोट लागेको छ र उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार