काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १२९५रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।