Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा १०.५४ अंकले गिरावट, कारोबार रकम कति ? 


    आइतबार, कार्तिक २७ २०७९
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ।आज आईतबार नेप्से १० दशमलव ५४ अंकले घटेर १८ सय ८३ दशमलव १६ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८३ अंकले घटेर तीन सय ७० दशमलव ५३ अंकमा खुम्चिएको छ । 

    आज दुई सय २५ वटा कम्पनीहरुको १९ हजार ४५ पटकको कारोबारमा २० लाख २८ हजार तीन सय ४८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ७७ करोड ४९ लाख ११ हजार सात सय छ रुपैंयाँको सेयर किनबेच भएको छ । 

    यसैगरी नेप्सेमा आज १३ वटा समुहरुको कारोबार हुंदा होटल तथा पर्यटन समुहको सुचक बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । 

    आज कारोबार भएका मध्ये लक्ष्मी इक्विटी फण्ड, सिंगटी हाईड्रो पावर लिमिटेड, आदिले कमाएका छन् भने नविल व्यालेन्स फण्ड २, सिटिजन्स म्युचुअल फण्ड, हिमालयन पावर पार्टनर आदिले गुमाएका छन् । 

    आज बढी कारोबार रकम भने शिवम सिमेन्ट, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदिले गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार