Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ललितपुरको नख्खुमा एक पुरुष मृत फेला


    आइतबार, कार्तिक २७ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरको नख्खुमा एक जना  ३९ वर्षीय पुरूष मृत फेला परेका छन्। 

    ललितपुर महानगरपालिकाको नख्खुस्थित विष्णुदेवी मन्दिर परिसरमा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए। 

    मृतक रामेछाप घर भई नख्खुमा बस्दै आएका ३९ वर्षीय राजन बस्नेत छन्। 

    आज आइतबार बिहान मन्दिरमा पुजा गर्न आएका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेको थियो। 

    बस्नेतको मृत्यु शंकास्पद भएको परिसरका एसपी शाहीले बताए। 

    ‘उनको टाउकोमा चोट छ। बायाँ हात पनि डिसलोकेट भएकाले शंकास्पद छ,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं।’

    उनको शव पोष्टमर्टम गर्न पाटन अस्पताल पठाइएको छ। यस घटना बारे थप विवरण आउँन बाँकी छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार