बैतडी। खर काट्ने क्रममा भीरबाट लडेर जिल्लाको सिगास गाउँपालिका-८ की २७ बर्षिया सरस्वती धामी, बोहराको मृत्यु भएको छ । बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए ।
मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् ।