काठमाडाैं । अमेरिकाको टेक्सस राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू आकाशमै एक आपसमा ठोक्किदा दुर्घटना भएकाे छ ।
टेक्ससको डालासमा शनिबार दोस्रो विश्व युद्धको स्मृति एयर शो आयोजना गरिएको थियो । डालासमा उक्त एयर शोका क्रममा द्वितीय विश्व युद्धमा प्रयोग भएका विमानहरु ठोक्किएका हुन् । विमान ठोक्किएपछि यसरी विष्फोट भएका थिए कि एउटा विमान आकाशमै चकनाचुर भएको थियो भने अर्को एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेर दुई टुक्रा भएको थियो ।
दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन। दुईमध्ये एउटा एउटा बोइङ बी-१७ फ्लाइङ फोर्ट्रेस थियो। बोइङ बी–१७ मा चालक दलका कम्तिम ४ जना रहेको जनाइएकाे छ । अर्को विमानमा सामान्यतया पाइलट मात्रै हुने रहने गरेको अमेरिकी एभिसन एडमिनिस्ट्रेसनले जनाएको छ ।
उक्त शो हेर्न टाढा टाढाबाट मानिसहरु डालास पुगेका थिए । एयर शो चलिरहेका बेला बोइङ बी–१७ विमान किङकोब्रा पी–६३ विमानसँग ठोक्किएको थियो ।