Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • झापा ५ मा ओलीलाई टक्कर दिँदै स्वतन्त्र उम्मेदवार चापागाईं


    आइतबार, कार्तिक २७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा देखिएको स्वतन्त्र उम्मेदवारहरुको जीतले आसन्न  मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनमा समेत देशव्यापी रुपमा स्वतन्त्र उम्मेदवारहरुको उत्साहजनक सहभागिता रहेको छ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नं ५ मा समेत स्वतन्त्र उम्मेदवारहरुले सोझो टक्कर दिइरहेका छन् ।
    प्रधानमन्त्री भइसकेका व्यक्तिबाट समेत क्षेत्र र त्यहाँका जनताले परिवर्तन महसुश गर्न नसकेको भन्दै ओलीको प्रतिस्पर्धीका रुपमा स्वतन्त्र उम्मेदवार केदारनाथ चापागाईं चुनावी मैदानमा होमिएका छन् ।
    पत्रकारिता गर्दै गरेका  युवा उम्मेदवार केदार चापागाईं यतिबेला झापामा मतदातालाई खुशी बनाएर मन र मत जित्न लागिपरेका छन् ।

    ‘पटकपटक हेरिसकियो पुरानालाई यसपटक हेरौं स्वतन्त्र सक्षम युवालाई’ भन्दै चुनावी  मैदानमा होमिएका चापागाईं झापा क्षेत्र नं ५ का स्थायी बासिन्दा समेत हुन् ।

    परिवर्तनका पक्षधर चापागाईं भन्छन्, ‘मानव जगतले सृष्टिको अनादिकाल ९ढुङ्गे युगदेखि नै०  खोजेको,  अहिलेसम्म खोजिरहेको र अनन्तकालसम्म खोजिरहने तृष्णा हो ।’

    सामाजिक काममा लामो समयदेखि सक्रिय चापागाईंका मतदाता भन्छन्, ‘ धेरै पटक पटके नेताहरुलाई मत खसालियो । परिवर्तन देख्न पाइएन । देशको अवस्था बदलिएन ।  ओलीलाई टक्कर दिनेगरी हामी चापागाईंलाई मत खसाल्नेछौं ।’

    झापा ५ का मतदाताले यतिबेला दलीय जञ्जालभन्दा पनि स्वविवेकको प्र‍योग गरेर मत खसाल्ने बताए ।  उसो त देशमा दलीय राजनीतिप्रति युवावर्गको एकखालको वितृष्णा पनि रहेको छ ।

    राजनीति शास्त्र र सोसोलोजीमा स्नातकोत्तर सम्मको अध्ययन गरेका युवा उम्मेद्वार चापागाईंलाई झापा ५ का मतदाताले विकल्पका रुपमा हेरिरहेका छन् ।

    युवा मतदाता पूजा उप्रेती भन्छिन्, ‘यो पटक नेता र पार्टीले हैन देश र जनताले जित्नु पर्छ । जसको लागि हामीले स्वतन्त्र उम्मेदवार केदारनाथ चापागाईंलाई मुडा चिन्हमा मतदान गर्नुपर्छ ।’

    युवा मतदाता सन्तोष राई भन्छन्, ‘सकरात्मक परिणाम नहुने परिवर्तनको कुनै अर्थ हुँदैन। दलहरुले सकारात्मक परिवर्तन दिन सकेनन् । यसपालि मुडा चिह्नमा मतदान गर्नेछु ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार