काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका शिशिर खनालले जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवाको रुपमा रुपान्तरण गर्ने बताएका छन् ।
सांसद भएर संसदमा प्रवेश गरेपछि निरन्तर जनताको सम्पर्क र माझमा रहेर उनीहरुको समस्यालाई समाधान गर्न आफू क्रियाशील रहने बताएका उनले युवा उद्यमशीलता र सरकारी विद्यालय शिक्षामा गुणस्तरमा विशेष जोड दिने बताए ।
टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमीसमेत रहेका खनालले शिक्षा र स्वास्थ्यको क्षेत्र सुधारका लागि केही कानुन आवश्यक रहेकाले ऐन ल्याउन पहल गर्ने बताए । उनका अनुसार आवश्यक शिक्षा ऐन नबन्दा लाखौं विद्यार्थीलाई असर गरेको छ ।
अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले युवा, शिक्षा, उद्यमशीलतामा काम गर्नुपर्ने बताए । यसमा आफ्नो जोड रहने उनको भनाइ छ ।
चुनावी प्रचारका क्रममा मतदाताले सडक र खानी पानी समस्याबारे जानकारी गराएकाले यसको समाधानका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । यी सब काम गर्न जनताले आगामी निर्वाचनमा आफूलाई जनताले मत दिएर संसदमा प्रतिनिधिको रुपमा पठाउनुपर्ने उम्मेदवार खनालले बताए ।
सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा आफूले काम गरेकाले यही क्षेत्रमा आवश्यक नीति निर्माणको काम गर्ने उनले प्रतिबद्धता जनाए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend