काठमाडौं । देश प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा छ । अबको एक सातापछि खुला चुनाव प्रचारप्रसारको समय पनि सकिँदैछ । अहिले प्रमुख दल र तिनका उम्मेदवार मात्र होइन, टिकट नपाएका र समर्थकहरूसमेत प्रचारप्रसारमा लागेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको झै तामझाम यसपटक देखिएको छैन । तर पनि सहरमा भन्दा ग्रामीण क्षेत्रमा चुनावको रौनक बढी नै देखिएको छ ।
यस्तो चुनावी माहोलमा पनि देशका ६ महानगरका प्रमुखहरू के गर्दैछन् ? वैशाखमा उनीहरूको मात्रै चर्चा हुन्थ्यो । तर, चुनाव जितिसकेपछि एक दुई मेयरबाहेक कोही पनि चर्चामा देखिएका छैनन् । काठमाडौंबाहेक पाँचजना मेयर दलबाटै निर्वाचित भएका थिए । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेन भने स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् । स्वतन्त्रबाट विजयी भएकाले उनले कुनै दल र उम्मेदवारको पक्षमा भोट माग्ने कुरै भएन । तर पनि उनको तस्बिर र भनाइ भन्दै लौरो अभियानले चुनावी फन्डा बनाएको छ ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन चुनावको माहोलमा पनि मौन छन् । उनी कतै देखिएका छैनन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । ललितपुरमा कांग्रेसले क्षेत्र नम्बर १ मा सिट पाएको छ । महर्जनले जितेको महानगरमा ललितपुर २ र ३ निर्वाचन क्षेत्र पर्छन् । ललितपुर २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल उठेका छन् । कांग्रेसको उम्मेदवार नभएकाले मात्र होइन, अहिलेसम्म गठबन्धनले उनलाई चुनावी प्रचारमा नबोलाएको बुझिएको छ ।
पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य मेयर छन् । पोखरा महानगरपालिकामा कास्की १,२ र ३ वटै निर्वाचन क्षेत्र पर्छन् । कास्की २ मा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार बनेका छन् । तर पार्टीकै उम्मेदवारका लागि पनि आचार्य खुलेर भोट माग्न बाहिर आएका छैनन् ।
भरतपुर महानगरपालिका मेयर रेनु दाहाल हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन् । महानगरपालिकामा चितवन क्षेत्र नम्बर ३ र २ का केही वडा पर्छन् । चितवन ३ मा माओवादीकै डा.भोजराज अधिकारी उम्मेदवार छन् । मेयर दाहाल भने पार्टीका उम्मेदवारका लागि चुनावी प्रचारमा हिँडेकी छन् । उनी केही वडामा घरदैलोमा पनि हिँडेकी छन् ।
मधेस प्रदेशको वीरगन्ज महानगरपालिकामा जसपाका राजमान सिंह श्रेष्ठ मेयर छन् । पर्सा १ को अधिकांश क्षेत्र महानगरपालिकामा पर्छ । पर्सा १ बाट जसपाका प्रदीप यादव उम्मेदवार छन् । मेयर सिंह भने खुला रूपमा भन्दा पनि भूमिगत रूपमा प्रचारप्रसारमा लागेका छन् । सो क्षेत्रमा लोसपाका लक्ष्मणलाल कर्ण र कांग्रेसका बागी अजय द्विवेदी प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
प्रदेश १ को विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला मेयर छन् । मोरङमा कांग्रेसबाट सुजाता कोइराला, सुनिल शर्मा, शेखर कोइराला उम्मेदवार बनेका छन् । तर पनि नागेश कोइराला चुनावी अभियानमा लागेका छैनन् । निर्वाचन आयोगले जनप्रतिनिधिलाई आफ्नो क्षेत्रबाहेक अन्यत्र प्रचारप्रसारमा लाग्न छुट दिए पनि कांग्रेसबाट जितेका मेयर भने कतै प्रचारप्रसारमा नलाग्नुको कारण गठबन्धन रहेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend