विराटनगर । नेपाली कांग्रेसका नेता महेश आचार्य मोरङ ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा हिँडेका छन् ।
गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई मत मागेका हुन् ।
२०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका पूर्वमन्त्री आचार्य मोरङ ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार थिए । तर, सत्तारुढ गठबन्धनमा भागवण्डा हुँदा मोरङ ४ माओवादी केन्द्रले पायो ।
माओवादी केन्द्रले टिकट पाएपछि आचार्य चुनावी सभाहरूमा देखिएका थिएनन् । बिहीबारबाट भने उनी चुनावी अभियानमा हिँडेका हुन् । विराटनगर-८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।
मोरङ ४ मा एमालेबाट उम्मेदवार बनेका विनाद ढकालले पनि घरदैलो अभियान गरिरहेका छन् ।
मोरङ ४ बाट अमनलाल मोदीलाई जिताउने अभियानमा महेश आचार्य पनि सक्रिय सहभागी भएसँगै उनको पक्षमा अझ मजबुत रूपमा चुनावी माहोल बनेको माओवादीका नेता-कार्यकर्ताहरूले जनाएका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend