काठमाडौँ । हेटौडामा फोहर फाल्ने ठाउँमा एक शिशु फेला परेको छ।
हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको शिशु मृत फेला पारेको प्रहरीको भनाई छ।
ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ ।
यस बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।