काठमाडौँ । जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
जिल्लाको चन्दननाथ नगरपालिका-९ उमगाडमा कनिका निसा बोर्डिङ स्कुलको भे १ क ३८२ नम्बरको बसले ठक्कर दिँदा ११ वर्षका राजेश गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
बसले ठक्कर दिँदा घाइते भएका गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा निधन भएको प्रहरीको भनाइ छ।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।