Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भान्सामा आगलागी हुँदा ५ वर्षीय बालकको मृत्यु


    बिहिबार, कार्तिक २४ २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भोजपुरको हतुवागढी गाउँपालिका–५ भुरुडाँडा नेवार टोल बस्ने शन्त कुमार राईको घरको भान्सामा आगलागी हुँदा एक जना बालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा शन्त कुमारको छोरा ५ वर्षीय आयुष राई रहेका छन् । 

    खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भई बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ । 

    आगलागीमा परी गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    आगलागीमा परी घाइते भएकी शन्त कुमार राईकी श्रीमतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

    आगलागीबाट करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार