Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना


    बिहिबार, कार्तिक २४ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

    राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    शुक्रबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपातको आकलन गरिएको छ ।

    महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन भनेको छ । तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार