Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबार फिल्म ‘कबड्डी ४’को डिजिटल प्रिमियर गर्दै 


    बुधबार, कार्तिक २३ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । गत जेठ १३ गते हलमा रिलिज भएको रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म कबड्डी ४ आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । यो फिल्मको चौथो श्रृंखला हलमा नहेरेका दर्शकको लागि खुसीको खबर हो ।

    एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार उक्त फिल्मलाई डिजिटल प्रिमियर गर्न लागिएको जानकारी दिए । यसमा  दर्शकले २०० रुपैयाँमा सशुल्क एपमार्फत फिल्म हेर्न पाउनेछन् ।

    ‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा फिल्म हेर्न पाउनेछन् । फिल्ममा काजीको बिहे हुन्छ वा हुँदैन भन्ने कौतुहलता दर्शकमाझ छ । उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार