काठमाण्डाै। आज नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । मंगलबार हिजो ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामै १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ यस दिन भने तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी हिजो र अस्ती तोलामा एक हजार दुई सय ६५ रुपैयाँमा किनबेच भएको थियो । आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।