उदयपुर। उदयपुरको निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगनाथ खतिवडा किसानको खेतबारीमा धान झार्दै भोट मागि हिँडेका छन् । आसन्न मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारको क्रममा मतदाताको घर घरमा पुगेका खतिवडाले खेतमै पुगेर किसानसँगै धान झार्दै भोट माग्ने गरेको भेटिन्छ ।
उम्मेदवारले किसानलाई काम सघाउँदै भोट माग्नु कुनै नौलो होइन, जनताकै छोरो भएकाले धान झार्न सघाउन भोट माग्दैछ । खतिवडाले कटारी नगरपालिका-१२ मा निर्वाचन प्रचारप्रसारको लागि किसानको खेतमा धान झार्न किसानलाई सघाएका थिए ।
आफू पनि किसानकै छोरो भएकाले किसानसँगै काम गर्न अल्छीपन नआउने उम्मेदवार खतिवडा बताउँछन् । उनले भने, ‘मैले जनता भेटेको बेला समयले दिएको मौकामा सहयोग गरेका हुँ । कटारी नगरपालिका-१२ मात्रमा होइन अन्य ठाउँमा पुग्दा काम सघाउने गरेको छु ।’
उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्र एक चरणको निर्वाचन प्रचार प्रसार सकेको बताउँदै उनले थप्दै भने, ‘प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा एक चरणको चुनाब प्रचारप्रसार सकिएको छ ।’ निर्वाचिनको मिति नजिएसँगै उदयपुरमा राजनीतिक दलले प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend