Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालीकोटमा जीप दुर्घटना: ३ जनाकाे मृत्यु 


    मंगलबार, कार्तिक २२ २०७९
    400
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गएको छ भने सात जना घाइते भएका छन्। 

    मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप कालीकाेटकाे तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको स्रोतले जनाएको छ । 

    उक्त जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए । 

    ज्यान गुमाउनेमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् । 

    घाइते भएकाहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार