एजेन्सी। कतारमा दुई सातापछि सुरु हुने फिफा विश्वकप २०२२ का लागि अष्ट्रेलियाले अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक ग्राहम आर्नोल्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
अष्ट्रेलिया विश्वकपको समूह डी मा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहेको छ । अष्ट्रेलियाले पहिलो खेलमा साविक विजेता फ्रान्सको सामना गर्नेछ । अष्ट्रेलियाले पहिलो खेल नोभेम्बर २२ मा फ्रान्ससँग खेल्नेछ ।
अष्ट्रेलियाको अन्तिम टोली :
गोलकिपर: म्याट रायन, एन्ड्रयु रेडमायन, ड्यानी भुकोभिच
डिफेण्डर: अजिज बेहिच, नथानिएल एट्किन्सन, फ्रान कराचिच, काए रोवल्स, ह्यारी सटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेङ्ग, जोएल किंग
मिडफिल्डर: आरोन मोय, ज्याकसन अर्भाइन, एजडिन हर्स्तिच, राइली मक्ग्री, किनु बाकस, क्यामरन डेभ्लिन
फरवार्ड: म्याथ्यु लेकी, अवेर माविल, जेमी मक्लारेन, मिचेल ड्युक, मार्टिन बोयल, क्रेग गुडविन, जेसन कमिंगग्स, गारांग कोल