Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाको डिभी लोटरी भर्ने आज अन्तिम दिन


    मंगलबार, कार्तिक २२ २०७९
    640
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिका जाने चिठ्ठा अर्थात् संयुक्त राज्य अमेरिकाको सन् २०२४ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने आज अन्तिम मौका अर्थात् दिन रहेको छ । असोज १९  (अक्टोबर ५)  गते बुधबार राति ९ः४५ बजेबाट खुला भएको आवेदन आज  (मङ्गलबार) कात्तिक २२ गते सम्म मात्र रहेको हो ।

    न्यूयोककाे समयअनुसार आज राति १० बजेर ४५ मिनेटसम्म डिभी भर्न सकिनेछ । डिभी २०२४ का विजेताहरूले सन् २०२४ को सेप्टेम्बर ३० सम्ममा भिसा प्राप्त गर्न सक्नेछन् भने डिभीको नतिजा सन् २०२३ को मे महिनामा प्रकाशित हुने कुरा नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

    विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

    उक्त डिभीका लागि दर्ता गर्न कुनै शुल्क भने लाग्दैन । कार्यक्रमका लागि छनोट हुने आवेदकहरू (विजेताहरू) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । डिभीका उम्मेदवारहरूको चयन कम्प्युटरद्वारा विनाक्रमबद्ध तरिकाले गरिन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार