काठमाडौं। हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबल यस वर्ष आगामी मंसिर ४ (नोभेम्बर २०) देखि कतारमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सुरु हुँदै छ। विश्वकप फुटबलको यो २२औँ संस्करण हो। अब कतार विश्वकप २०२२ सुरू हुन दुईसाता मात्रै बाँकी रहेको छ। कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो। यो कतार विश्वकपको सबैभन्दा धेरै दर्शक क्षमताको स्टेडियम हो। यसमा ८० हजार दर्शक अटाउन सक्छन्।
यसैगरी यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ । यस्तै विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ । पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् ।
यता अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा घाइते भएका छन्।
उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको मेसी आवद्ध फ्रान्सेली क्लब पेरी-सेन्ट-जर्मन (पीएसजी)ले जनाएको छ। ‘लिओ मेसीको पिँडुला सुन्निएकाले उनलाई सावधानी अपनाउन भनिएको छ।
उनी केही दिन उपचारमा रहनेछन्,’ पीएसजीको वक्तव्यमा उल्लेख छ। 