Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर


    मंगलबार, कार्तिक २२ २०७९
    2.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डाै। आज साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेर कारोबार भइरहेको छ। आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलामा २ सय रूपैयाँले घटेको थियो। 

    महासङ्घका अनुसार यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ

    यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार