झापा, हल्दिबारी । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य झापा–३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताका लागि यो निर्वाचनमा पत्रकारहरुले आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
आज झापाको भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिटौलाले यस निर्वाचनपछि देशमा दिगो बिकास र शान्ति कायम हुने हुँदा सवै लोकतन्त्रवादी मिलेर सयौंको बलिदानबाट प्राप्त गणतन्त्रलाई रक्षा गर्न लाग्नुपर्ने बताएका छन् ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस क्षेत्रमा लोकतन्त्रवादी र राजावादीका बीच चुनाव हुने हुँदा विश्वको ध्यान समेत यहाँ रहेको र आफूलाई गणतन्त्र र लोकतन्त्रको हिमायती भन्ने एमालेले राजसंस्थाको वकालत गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोकेर हिंडेकोप्रति दुःख लागेको बताएका छन् ।
पत्रकारहरुको जवाफ दिदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास ५ बर्षमा गर्न सकेनौं, संविधानले जे जति अधिकार सबै क्षेत्रका जनतालाई दिएको छ, त्यो अनुसार सरकारले काम गर्न नसकेको उनले बताएका छन् । जनताले अपेक्षा गरे अनुसार शिक्षा, स्वास्थ्य ऐन आउन नसक्नु किसान, श्रमिकहरुका लागि विशेष ऐन आउन नसक्नु सरकारको कमजोरी रहेको उनको भनाइ थियो ।
शान्ति प्रक्रिया, संविधान निर्माण, २०४६ देखिका सवै आन्दोनमा महत्वपूर्ण भूमिका खेल्दाखेल्दै आफूले राजावादीसँग चुनाव हार्नुपरेको तितो सत्य समेत पत्रकारसामु ब्यक्त गरे । परिवर्तनको लडाइमा संँगसंँगै हिडेका एमालेले आफूलाई हराउन राजावादीलाई काँधमा राखेर हिंडेकोप्रति उनले दुःख ब्यक्त गरे ।
लोकतन्त्रमाथिको प्रहार, प्रेस स्वतन्त्रतामाथिको प्रहारलाई रोक्न संचारकर्मीहरुको महत्वपूर्ण भुमिका हुने हुँदा सही सूचना विश्लेषण गरी राजावादीहरुको मुकुण्डो जनतासामु ल्याउनुपर्ने उनको जोड थियो । उनले लिङ्देनप्रति इंगित गर्दै भने– एमालेको साथ लिएर निर्वाचित भएका सांसदका कारण बिकास निर्माण र राष्ट्रिय योजना शून्य भएको यो क्षेत्रको बिकासका लागि समेत आफूलाई सबै गणतन्त्रवादीहरुले मतदान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend