काठमाडौँ। प्रहरीले भालुको पित्तजस्तो देखिने वस्तुसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित बौद्ध गेष्ट हाउसको १०९ नम्बरको कोठाबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित भारत अरूणाचल प्रदेश करुङ्ग कुमे घर बताउने ५५ वर्षीय ग्यमार तपर लगायत ३ जना भारतीय नागरिकलाई हिजो आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त गेष्ट हाउसमा गत शनिबारदेखि बस्दै आएका उनीहरूले भालुको पित्त बिक्री गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त कोठा तलासी गर्दा झोलामा लुकाइ राखेको उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।