Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि 


    सोमबार, कार्तिक २१ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै,पछिल्लो २४ घण्टामा ८ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमितको मृत्युदर भने शून्य छ। देशका विभिन्न स्थानमा एक लाख सात हजार ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७७ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार