काठमाडौँ। झापाको मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित लिफ प्लस प्रालि दुना टपरी फ्याक्ट्रीमा आगलागी भएको छ ।
आइतबार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त फ्याक्ट्रीमा आगो लाग्दा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
फ्याक्ट्रीमा मध्यरातको १२ : ५० बजे सुरु भएको आगलागी बिहान २:४० बजे नियन्त्रणमा आएको प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय धुलाबारी, स्थानीयवासी, मेचीनगर, कमल, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण भने खुल्न नसकेको उनको भनाइ छ ।