धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटा प्रदेश ‘क’ मा रोचक भीडन्त हुने देखिएको छ ।
धनकुटालाई विगतमा नेकपा एमालेको गढ मानिँदै आएको थियो । तर, गत वर्ष एमालेमा भएको विभाजन र पाँच वर्षसम्म स्थानीय तहमा भएको ब्रम्हलुटका कारण एमालेले आफ्नो हैसियतलाई गुमाएको मात्रै छैन, स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा हदैसम्म खुम्चिएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा सात वटै पालिका र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ३ वटै क्षेत्र जितेर क्लीन स्वीप गरे पनि पाँच वर्षमा ३ वटा पालिकामा खुम्चिएको एमालेलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जित हात पार्न फलामको च्यूरा चपाउनु सरह नै भएको छ ।
प्रदेश क का ३ वटा पालिका जितेको एमालेलाई यो निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार अर्जुनकुमार राईको उम्मेदवारीले एमालेका उम्मेदवार निरन राईको मथिंगल नै हल्लाइदिएको छ । यसको मुख्य कारण भनेको ५ वर्षको अवधिमा निरन राईले जनताको काम गर्न त के सिन्को समेत नभाँचेकाले हो ।
राम्रा छवि बनाएर युवा पुस्तामा परिचित अर्जुन सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । त्यसका अलावा उनी स्पष्ट वक्ता हुन् । उनले एमालेमा रहँदा जनप्रतिनिधिहरुले गरेका कामको भण्डाफोर गर्दै सही काम गर्न दिएको सुझावसहितको भाषणले युवा पुस्तालाई तानेको छ ।
रोचक कुरा त यो छ कि पहिलोपटक चुनावी प्रतिष्पर्धामा उत्रिएका राई कुनै बेला रकम चेम्जोङका विश्वासपात्र थिए । त्यही भएर पनि उनी शान्ति मन्त्री हुँदा स्वकीय सचिव भएर काम गरे । त्यो बेला चेम्जोङको कार्यकाल सफल बनाउन उनले ठूलै भुमिका निर्वाह गरेका थिए ।
चेम्जोङ शान्ति मन्त्री हुँदा जे जति विकास निर्माणका कामहरु भए, त्यसमा अर्जुन राईको उत्तिकै देन छ । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बनेको मन्त्रिपरिषदमा चेम्जोङ शान्ति तथा पुनर्निर्माण मन्त्री थिए । उनका पालामा जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी लगायतका संरचना निर्माणमा प्राथमिकता पाएको थियो । उनै मन्त्रीका प्रमुख स्वकीय सचिव थिए अर्जुन राई ।
सो समयमा उनीहरू दुवै नेकपा एमालेका नेता थिए । त्यसबेला मन्त्री रकम चेम्जोङ नेकपा एमालेका केन्द्रीय सदस्य र उनका प्रमुख स्वकीय सचिव अर्जुन राई नेकपा एमाले निकट धनकुटा–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष थिए ।
हिजोका गुरुचेला आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धी छन् । दुवैले आफु जित्ने दावी गरिरहेका छन् । तर २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा चेम्जोङले पाएको मत र बैशाखमा सम्पन्न स्थानीय तहमा चेम्जोङ आवद्ध जनता समाजवादी पार्टीले पाएको मतलाई मात्रै आधार मान्ने हो भने राई र चेम्जोङबीच कुनै प्रतिष्पर्धा नै नहुने देखिन्छ । किनभने नेकपा एकीकृत समाजवादीका धनकुटा अध्यक्षसमेत रहेका राई लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुन् । तर चेम्जोङलाई जसपाको मात्रै साथ मिल्नेछ । जसपाको मतले चेम्जोङलाई जित दिलाउन असम्भव जस्तै छ ।
धनकुटा नगरपालिका वडा नं. १ हिलेमा जन्मिएका युवा नेता अर्जुन राईलाई धनकुटेली जनताको साथ र सहयोगले मंसिर ४ गते हुने निर्वाचनपछि प्रदेशसभासम्म पु¥याउने पक्कापक्की छ ।
धनकुटाको प्रदेश ‘क’ मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राई जिल्लामा उर्जावान र निक्कै सक्रिय युवाको रुपमा चिनिन्छन् । युवा नेताको छबि बनाएका अर्जुन राईको दाबी अस्वभाविक भने छैन । किनकि राई जुझारु युवा मात्रै होइनन्, धनकुटाका लागि बौद्धिक नेता पनि हुन् । उनलाई पुराना र नयाँ पुस्ताको नेताहरुले अध्ययनशील नेताको रुपमा चिन्छन् ।
आफूले अहिले युवा, महिला, दलित, आदिवासी र पिछडिएका धनकुटेलीको समस्या बुझेको र ती सबै समस्या पूरा गर्न लामो समयदेखि लागेका कारण आफ्नो जित सुनिश्चित रहेको उनी बताउँछन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend