Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


    सोमबार, कार्तिक २१ २०७९
    515
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी मंसिर २० गते परिपक्व हुनेछ भने यसैगरी ९१ दिन अवधिको ट्रेजरी माघ २४ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते परिपक्व हुनेछ । 

    राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

    यसअघि बैंकले ९१ अवधिको ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार