Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ घण्टापछि खुल्यो हरिवनमा माओवादीले बन्द गरेको राजमार्ग 


    आइतबार, कार्तिक २० २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै हरिवनमा गरेको पूर्वपश्चिम राजमार्गको अवरोध ३ घण्टापछि खोलेका छन् ।

    उनीहरुले दोषिमाथि कडा कारबाहीको माग गर्दै राजमार्ग बन्द गरेका थिए ।

    आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको नेकपा माओवादीका एक कार्यकर्ताले बताए। 

    दुई दिनअघि सर्लाहीकी बलमाथि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार