Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • घरदैलोमा पुगेकी रेखालाई सुन्दरहरैंचाका महिलाको साथ


    शनिबार, कार्तिक १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  मोरङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा मोरङ ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् । शनिबार घरदैलोको क्रममा सुन्दरहरैंचा–१२ पुगेकी थापालाई जिताउने प्रतिबद्धता  समेत उनीहरूले जनाएका छन् । 

    स्थानीय शान्त चौधरीले धेरै पटक अरूलाई हेरेको र अब एक पटक आफ्नै चेलीलाई, छोरीलाई जिताउने बताइन् । उनले भनिन्,– ‘उहाँलाई साथ दिन्छौँ । उहाँ स्थानीय पनि हुनुहुन्छ ।’ 

    मोरङ–३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कांग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यस क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा निकै कमजोर रहे पनि थापालाई महिला तथा युवाहरू साथ दिइरहेका छन् ।

    यस्तै,  बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार