Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा १० महिनामै पाँच लाख पर्यटक भित्रिए 


    शुक्रबार, कार्तिक १८ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सन् २०२२ सुरु भएपछिको १० महिनामै ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका छन् । 

    नेपाल पर्यटन वोर्डका अनुसार कोरोना महामारीपछि सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा पौने पाँच लाख पर्यटक घुम्नको लागि नेपाल आएका हुन् । 

    जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । 

    यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको वोर्डले जनाएको छ । 

    वोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औषतमा ४७ हजार ३५३ जना पर्यृटक आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार