Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार सम्मेलन गर्छु भन्दै बालुवाटार पुगेकी निहारिकालाई प्रहरीले समात्यो 


    शुक्रबार, कार्तिक १८ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेकी निहारिका राजपुतलाई प्रहरीले केहि समयमै  समातेको छ। 

    काठमाडौंका एसपी दिनेशराज मैनाली भने, ‘जहाँ पनि पत्रकार सम्मेलन गर्न पाइने भन्ने हुँदैन, त्यसैले त्यहाँ नबस्नुस् भनेर केहिवेर नियन्त्रणमा लिएर छाडिसकेका छौं ।’ आफूमाथि बलात्कार भएको भन्दै उनी लामो समयदेखि न्यायको संघर्षमा छिन् । आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

     उनले बलात्कारबाट जन्मिएको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गराउन माग गर्दै आएकी थिइन् ।

    हालै आएको डीएनए जाँचको रिपोर्टमा उनको छोराको डीएनए श्रेष्ठको डीएनएसँग म्याच भएको छ । चुनावपछि यसमा पेश चढ्ने उच्च अदालत जनकपुरले जनाएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार