Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निहारिका राजपुत प्रकरण:  छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो


    शुक्रबार, कार्तिक १८ २०७९
    700
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय न्यायका लागि भन्दै अनसन बस्दै चर्चामा आएकी महोत्तरी जलेश्वरकी कुमारी आमा निहारिका राजपुतले आफ्नो बच्चाको बाबु दाबी गरेका शिवराज श्रेष्ठसंग उनको छोराको  डिएनए‘ म्याच भएको छ। विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको स्रोतले बताएको छ 

    खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले बताए । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

    शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि आफ्नो छोरा जन्मिएको निहारिकाले दाबी गर्दै आएकी छिन्।  जिल्ला प्रहरी कार्यालय, धनुषाले ३१ साउनमा श्रेष्ठलाई अभद्र व्यवहारको कसूरमा पक्राउ गरेर हिरासतमा राखेको थियो । उनले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । त्यसका लागि डीएनए जाँच गराउन आफू तयार रहेको बताएका थिए । निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् ।

    काठमाडौंमा राजपुतले पटक पटक आमरण अनसन बसेकी थिइन्। 

    राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास समेत गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार