Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४ हजार घुससहित एक प्रहरी पक्राउ


    शुक्रबार, कार्तिक १८ २०७९
    530
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४ हजार रुपैयाँ घुससहित एक प्रहरी नायव निरीक्षकलाई पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा पसलका संचालकसँग घूस लिने प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई अख्तियारले नगदसहित रंगेहात पक्राउ गरेको हो । 

    प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत चौधरीले पसल संचालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा नदिने भनेर घूस मागेको उजुरी परेको थियो । 

    उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार