Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  पाँच जना मृत अवस्थामा फेला 


    शुक्रबार, कार्तिक १८ २०७९
    545
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिका–४ चण्डोल स्थायी घर भएका धुम्बाराहीस्थित ग्रेण्ड अपार्टमेन्टमा डेरा गरी बस्ने ५१ वर्षीय ज्ञान बहादुर तामाङ लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

    काठमाडौंको शंकरापुर नगरपालिका–७ स्थाई घर भई काठमाडौं महानगरपालिका–१६ कालधारास्थित डेरा गरी बस्ने ५१ वर्षीय निरज बज्रचार्य आफ्नै कोठमा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् । 

    भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटार नसुवा दोभानस्थित अरुण नदीको पश्चिम भंगालोको किनारमा हाल पहिचान नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । 

    कास्कीको पोखरा महानगरपालिका–१ कस्केरी शान्ति टोल नजिकै सेती खोलामा सोही महानगरपालिका–१६ बस्ने ७४ वर्षीय दुर्गा बहादुर छन्त्याल बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

    नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–१५ माथिल्लो भिउरान बस्ने सोम बहादुर घर्तीको घरमा रुपन्देही सिक्टन गाउँपालिका–६ घर भएका ४४ वर्षीय यम बहादुर ढुंगाना क्षेत्री बिहीबार राति मृत अवस्थामा फेला परेका छन् । 

    सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार