Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पामा चिच्चाएर ‘वर’ माग्ने सत्यवती मेला आजदेखि सुरु


    शुक्रबार, कार्तिक १८ २०७९
    2.9K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा चिच्चाएर वर माग्ने सत्यवती मेला आजदेखि सुरु भएको छ । आज कात्तिक १७ देखि २२ गतेसम्म सत्यवती ताल क्षेत्रमा यस मेला लाग्ने छ । विगत तीन वर्षदेखि कोरोना महामारीका कारण उक्त मेला बन्द भएको थियो। सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ ।

    रातको समयमा मन्दिरमा पूजा गर्नुअघि ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै पनि रहेको स्थानीय बासीको भनाई छ । हरेक वर्षको कात्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेलायो वर्ष कात्तिक २२ गते परेको पूर्णिमाका लागि १८ गतेदेखि नै मेला शुभारम्भ गरिने सत्यवती ताल व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए ।

    कार्तिक १८ गतेदेखि सुरु हुने उक्त धार्मिक मेलामा डेढदेखि दुई लाख भक्तजन आउने अनुमान गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए।

    यहाँ चिच्याएर वर माग्नका लागि अर्थात् मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतबाट समेत आउने गर्दछन् ।

    tal3.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार